जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०७९-०१-१८
- A
- A-
- A+
संखुवासभा, ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा खाँदवारी नगरपालिका-३ मानेभज्याङ घर भएका ३३ वर्षीय कुमार दर्जीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
कुमारले ती बालिकालाई शुक्रबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चेवाबेसीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।