बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०१-२७
- A
- A-
- A+
काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-८ बस्ने ५० वर्षीय राम सुन्दर डंगोललाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७९ वैंशाख ४ गतेको फैसलाले बैंकिङ् कसूर मुद्दामा ७ दिन कैद र ३६ लाख ७५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं पिगंलास्थानबाट पक्राउ गरेको हो । डंगोलले २०७७ असोज २ गते कैलाश विकास बैंक लिमिटेडमा उनको आफ्नै खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।