जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०७९-०१-२८
- A
- A-
- A+
बझाङ, १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा छबिसपाथिभेरा गाउँपालिका-५ बस्ने २६ वर्षीय कृष्ण धामीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँस्थित मौरी खोला जलबिद्युत आयोजना पावर हाउसको भवनमा ती किशोरीलाई धामीले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी छबिसपाथिभेराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।