प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा पक्राउ

२०७९-०१-३०

  • A
  • A-
  • A+
Share

दाङ, आफ्नै श्रीमती २५ वर्षीया गिता चौधरीलाई धारिलो हतियार कैंची प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा  गढवा गाउँपालिका-४ पर्सा बस्ने २७ वर्षीय शिउ कुमार चौधरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादको कारण शिउ कुमारले कपडा काट्ने कैँचीले घाँटीमा प्रहार गर्दा गम्भीर घाइते भएकी उनलाई उपचारको लागि लमही अस्पताल लमही पठाइएको छ । ईलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले शिउ कुमारलाई पक्राउ गरेको छ । 

झापा, बिर्तामोड नगरपालिका-७ डाडागाउँ बस्ने ३० वर्षीय हरदेव राजवंशीलाई धारिलो हतियार चक्कु प्रहार गरी गम्भीर बनाएको अभियोगमा भारत दार्जिलिङ बस्ने ३९ वर्षीय जन्ते राजवंशीलाई  बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका-७ डाडागाउँ बस्ने दिपेश भट्टराईको निर्माणाधिन घरमा लेबर काम गर्ने जन्तेले आपसी विबादमा चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका हरिदेवलाई उपचारको लागि मेची अस्पताल भद्रपुर पठाइएको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
छात्रवृत्तिमा अध्ययन गर्न पाउने कोटामा भर्ना गरी दिन्छु भनी ठगी गरेको अभियोगमा पक्राउ
२०७९-०२-१२

अछाम, त्रिवि शिक्षण अस्पताल महाराजगंजमा विदेशी नागरिकले ५० प्रतिशत छात्रवृतिमा एमबिबिएस अध्ययन गर्न पाउने कोटामा भर्ना गरी दिन्छु भनी ठगी गरेको अभियोगमा अछाम मंगलसेन नगरपालिका-२ बस्ने चक्र बहादुर बिकलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  आफुलाई वीर अस्पताल र त्रिवि शिक्षण अस्पताल महाराजगंज काठमाडौंमा कार्यरत एमबिबिएस/ एमएस कन्सल्टेन्ट न्यूरोसर्जन डा.दिपक बिसी हुँ भनि चिनाउने बिकले छात्रवृतिमा एमबिबिएस अध्ययन गर्न पाउने कोटामा ३० लाख रुपैयाँ लिई भर्ना गरी दिन्छु भनी विश्वासमा पारी पीडितबाट पटक पटक गरी नगद १७ लाख रूपैयाँ लिई ठगी गरेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

विदेश पठाई दिन्छु भनि ठगी गर्ने ब्यक्ति पक्राउ
२०७९-०२-१२

काठमाडौं,  विदेश पठाई दिन्छु भनि ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-८ बस्ने चितवन भरतपुर महानगरपालिका-९ वसन्त चोक घर भएका २७ वर्षीय सुजनराज पाण्डेलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  पाण्डेले टिपिकल क्लोथिङ एण्ड क्राफ्ट स्टोर नामक व्यवसायिक कम्पनी दर्ता गर्न लगाई यूरोपको जुनसुकै देशमा गएर ब्यपार व्यवसाय गर्न मिल्ने भिषा लगाई दिन्छु भनि हंगरीको लागि नक्कली भिषा समेत निकाली पीडितबाट २५ लाख  रूपैयाँ ठगी गरेको भन्ने सूचना प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बानेश्वरबाट पक्राउ गरेको हो ।  उनीलाई ठगी कसूर अन्तर्गत थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

अवैध लागूऔषध सहित पक्राउ
२०७९-०२-११

सर्लाही, ब्रहमपुरी गाउँपालिका-४ त्रिभुवननगर झिलपुल जाने बाटोबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम १ हजार २ सय १५ ट्याब्लेट सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बागमती नगरपालिका-११ बस्ने २१ वर्षीय रोहित वोट र सोही ठाउँ बस्ने २० वर्षीय रोशन शर्मा रहेका छन् । भारतबाट नेपालतर्फ आउदै गरेको प्र.२ -०३-००६ प ९२२९ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी त्रिभुवननगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  बारा, कलैया उपमहानगरपालिका-१० मटिअर्वा पुरानो चौक स्थित सडकबाट नियन्त्रित लागूऔषध फेनारगन ४ सय एम्पुल, डाईजेपाम ४ सय एम्पुल र नुर्फिन ४ सय एम्पुल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१ भवानिपुर बस्ने ४२ वर्षीय निर्वान मियाँ र सोही उपमहानगरपालिका-६ मदर्शा टोल बस्ने ४० वर्षीय ओसी अहमद रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको ना.८ प ७७५५ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी मटिअर्वा बाराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । उनीहरू उपर लागूऔषध मुद्दामा जिल्ला अदालत बाराबाट ५ दिन म्याद अनुमती लिई थप अनुसन्धान भइरहेको छ ।  कैलाली, धनगढी उपमहानगरपालिका-१३ राजपुरबाट करिब ५ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित गोदावरी नगरपालिका-५ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-२ ट्राफिक चोकबाट करिब ४ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा डडेल्धुरा आलिताल गाउँपालिका-३ बस्ने २७ वर्षीय भरत महरा, धनगढी उपमहानगरपालिका-१२ बस्ने २३ वर्षीय पुरन विक र डोटी गैरा घर बताउने २३ वर्षीय मोहन ओली रहेका छन् । उक्त स्थानमा भरत महरालाई प्रहरीले १ सय मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिई सोधपुछ गर्ने क्रममा अन्य २ जना संलग्न रहेको खुल्न आएपछि पुरन र मोहनलाई धनगढी उपमहानगरपालिका-४ बाट थप ३ सय मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।   धनकुटा, साँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट करिब ७ सय ५० ग्राम अवैध लागूऔषध गाँजा सजित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा नगरपालिका-१ बस्ने १८ वर्षीय किशोर र सोही नगरपालिका-३ बस्ने २२ वर्षीय मिसेक राई रहेका छन् । तेह्रथुम शुक्रबारेबाट धरानतर्फ जाँदै गरेको को.१ ख ५१०५ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । कञ्चनपुर, बेलौरी नगरपालिका-८ कालो पुलबाट करिब १० ग्राम ७२ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित बेलौरी नगरपालिका-८ कलकत्ता बस्ने २३ वर्षीय दिनेश चौधरी समेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको सु.प.प्र.०२-००३ प ३९९३ नम्बरको मोटरसाइकल र एक साइकल समेत प्रहरीले बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।