प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सामाजिक संजालको दुरुपयोग गरी अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न पक्राउ

२०७९-०२-१०

  • A
  • A-
  • A+
Share

काठमाडौं,  सामाजिक संजालको दुरुपयोग गरी अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१७ कालधारा सोह्रखुट्टे बस्ने दोलखा शैलुङ गाउँपालिका-८ शैलुङगेश्वरी ठेगाना भएका ३५ वर्षीय उत्सव श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

सामाजिक संजाल वाट्सएप, ईमो, बोटिम, भाइबरको दुरुपयोग गरी पीडितहरुलाई आफू कम्बोडियास्थित क्यासिनोमा काम गर्ने व्यक्ति हो, अमेरिकाबाट संचालन भएको लटरी मार्फत ६ लाख २७ हजार ६ सय ११ युरो डलर परेको छ र उक्त रकम पाउनका लागि बिभिन्न भ्रमपूर्ण म्यासेज पठाई पीडितहरुलाई बिश्वासमा पारी नेपालमा रहेका विभिन्न ब्यक्तिहरुको बैंक खातामा रकम जम्मा गर्न लगाई नगद २८ लाख ७९ हजार रूपैयाँ रकम ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

प्रारम्भिक अनुसन्धानको क्रममा उनले लटरीको रकम आएपछि नेपालमा घर, गाडी खरिद गर्न सकिने र रकम पाउनको लागि प्रोसेसिङ गर्ने कम्पनीका वकिल कम्बोडियामा आई बसेको हुँदा वकिलको खाने, बस्ने, प्लेन टिकटको व्यवस्था तथा वकिललाई अग्रिम फि चाहिन्छ, निजको आवतजावत व्यवस्थापन गर्नको लागि १ हजार ५ सय युरो लाग्छ भन्ने जस्ता विभिन्न भ्रमपूर्ण म्यासेज पठाई पीडितहरुबाट उक्त रकम ठगी गरेको खुल्न आएको हो । 

उनीलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।  



सम्बन्धित समाचार
अवैध लागूऔषध सहित पक्राउ
२०७९-०३-१६

 सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-३ मसुरीखेतबाट ६ ग्राम ६ सय ४० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने दैलेख दुल्लु नगरपालिका-१० घर भएका २० वर्षीय दिनेश शाहीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।  मकवानपुर, मनहरी गाउँपालिका-९ ज्यामिरेबाट करिब १५ किलो अवैध लागूऔषध गाँजा सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका-११ बस्ने २६ वर्षीय ईन्द्र बहादुर प्रजा र सोही ठाउँ बस्ने २३ वर्षीय अकल बहादुर प्रजा रहेका छन् । चितवनबाट हेटौंडातर्फ जाँदै गरेको ना.७ ख ६०५९ नम्बरको बसमा गाँजा ल्याउँदै गरेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले बस जाँच गर्ने क्रममा ईन्द्र बहादुरको साथबाट ७ किलो ३ सय ६० ग्राम र अकल बहादुरक साथबाट ७ किलो ६ सय ४० ग्राम गाँजा बरामद गरी दुवै जनालाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०७९-०३-१६

काठमाडौं, १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कीर्तिपुर नगरपालिका-५ पागांलाछी बस्ने मकवानपुर कैलाश गाउँपालिका-१० घर भएका २० वर्षीय साजन प्रजालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई ललाई फकाई आफ्नै कोठामा लगी प्रजाले जवरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  मुस्ताङ, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागवेनी बस्ने शेरथाङ सेल्फी डाडाँस्थित थेसाङ सेल्फी रेष्टुरेन्टका संचालक ३२ वर्षीय  दिन्डुक छिरिङ गुरुङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई सोही रेष्टुरेन्टमा गुरुङले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

हत्याको घटनालाई झुण्डी मृत्यु देखाएको घटनामा संलग्न अभियुक्त पक्राउ
२०७९-०३-१५

रौतहट, घाटी धिची कर्तव्य गरी मारेको घटनालाई झुण्डी मृत्यु देखाएको घटनामा संलग्न रहेको अभियोगमा चन्द्रपुर नगरपालिका-९ डुमरीयास्थित मुस्लिम टोल बस्ने खुर्सैद राईन भन्ने २१ वर्षीय औसयद महमदलाई कवारीलाई असार ६ गते प्रहरीले पक्राउ गरेको छ ।  कवारीकी श्रीमती २१ वर्षीया तराना खातुन २०७८ चैत्र १० राति आफ्नै कोठाको पंखामा सलको पासो लगाई झुण्डीएको र चन्द्ननिगाहपुरस्थित चन्द्रपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको घटनाको थप अनुसन्धानको क्रममा तरानाको झुण्डिएर नभई घाटी थिची हत्या भएको खुल्न आएपश्चात कवारीलाई प्रहरीले पक्राउ गरेको हो ।  उनी उपर जिल्ला अदालत रौतहटबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

महिलालाई प्रेमजालमा पारी लुटपाट गरी फरार रहेका व्यक्ति पक्राउ
२०७९-०३-१५

रौतहट, महिलालाई प्रेमजालमा पारी नगद तथा विभिन्न सुनका गहना लुटपाट गरेको अभियोगमा बारा प्रसौनी गाउँपालिका-४ खुटवा प्रसौनी बस्ने ३६ वर्षीय महमद रफिक रायभाटलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  रौतहट चन्द्रपुर नगरपालिका-४ स्थित चपुर पराठा एण्ड गेष्‍ट हाउसमा एक महिलालाई लगी महिलाकै नाममा कोठा बुक गरी राखेर बेहोस बनाई महिलाका सुनका विभिन्न गहना र नगद १० हजार रुपैयाँ समेत गरी २ लाख ९० हजार रुपैयाँ बराबरको धनमाल लुटी फरार भएको घटना अनुसन्धान गर्ने क्रममा रायभाटको संलग्नता पाइएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।  रायभाट महिलाहरुलाई फोन तथा सामाजिक संजालको माध्यमबाट प्रेमजालमा पारी घुम्न जाने बहानामा घरबाट बाहिर बोलाई होटेलमा लगी पीडितकै नामबाट होटेलको कोठा बुक गर्न लगाई पेय पदार्थमा लठीने नसालु पदार्थ मिसाई खुवाई बेहोस पारी गरगहना लगायत रकम समेत लुट्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

नगद चोरी गरेको अभियोगमा पक्राउ
२०७९-०३-१५

उदयपुर, त्रियुगा नगरपालिका-३ स्थित उर्जा पेट्रोल पम्पको काउन्टरबाट नगद चोरी गरेको अभियोगमा सोही ठाउँ बस्ने ३० वर्षीय रोहित कार्की र २५ वर्षीय मनिस सिलवाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ   उक्त काउन्टरको ताला फुटाई नगद ५ लाख ६१ हजार रुपैयाँ चोरी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्ने क्रममा उनीहरूको साथबाट नगद ५० हजार ७ सय रुपैयाँ सहित फेला पारी दुवै जनालाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।