प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७९-०२-११

  • A
  • A-
  • A+
Share

काठमाडौं,  बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं नागार्जुन नगरपालिका-१० स्युचाटार बस्ने सर्लाही हरिपुर नगरपालिका-१ ठेगाना भएका ३४ वर्षीय नरेन्द्र प्रकाश सुवेदीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

सुवेदीको नाममा १ करोड १० लाख बिगो भएको बैंकिङ कसूरमा मुद्दामा उच्च अदालत पाटन ललितपुरबाट २०७८ फागुन २० गते पक्राउ अनुमति समेत जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं नागार्जुन नगरपालिका-१० स्युचाटारबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धानको लागि प्रहरी वृत्त जनसेवा पठाइएको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषधसहित पक्राउ
२०७९-०३-२१

काठमाडौं, चन्द्रागिरी नगरपालिका-१५ तिनथानाबाट ३ किलो ५ सय ग्राम अवैध लागूऔषध गाजाँको धुलो जस्तो देखिने पदार्थ सहित सोही ठाउँ डेरा गरी बस्ने सप्तरी घर भएको ३२ वर्षीय जिवन चौधरीलाई सोमबार साँझ प्रहरी पक्राउ गरेको छ । झोलामा लुकाई ल्याउँदै गरेको उक्त पदार्थ सहित प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, दक्षिणकाली नगरपालीका-५ फर्पिङ बसपार्कबाट प्रतिबन्धित लागूऔषध १ सय ९२ एम्पुल डाइजेपाम, १ सय ९९ एम्पुल नूफिन र १ सय ९९ एम्पुल फेनारगन सहित बारा कलैया नगरपालिका-९ रामपुर बस्ने २४ वर्षीय ईन्ताज अन्सारीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कलैयाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ५९५८ नम्बरको टाटा सुमोलाई प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार उनको झोलाबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।  बागलुङ, बागलुङ नगरपालिका-३ चिप्लेटी बसपार्कबाट नियन्त्रित लागूऔषध ९ सय १७ एम्पुल नुरफिन, ९ सय ५ एम्पुल फनारगन र ९ सय २४ एम्पुल डाइजेपाम सहित रुपन्देही खैरेनी नगरपालिका-६ बस्ने ४५ वर्षीय कृष्ण प्रसाद पुरी सहित ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बुटवलदेखि बागलुङतर्फ जाँदै गरेको लु.२ ख ५३१६ नम्बरको बसमा सवार उनीहरूलाई जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।