प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्रोत नखुलेको नगद सहित पक्राउ

२०७९-०२-१२

  • A
  • A-
  • A+
Share

पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको नगद ९ लाख ५० हजार रूपैयाँ सहित भारत बिहार बेतिया ग्रामपंचायत गुर्वलिया कचहरियाटोला थाना मनुवापुल बस्ने ४२ वर्षीय संजय रामलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश ३-०२-०११ प ८६२७ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक रामलाई उक्त श्रोत नखुलेको नगद सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषधसहित पक्राउ
२०७९-०३-२१

काठमाडौं, चन्द्रागिरी नगरपालिका-१५ तिनथानाबाट ३ किलो ५ सय ग्राम अवैध लागूऔषध गाजाँको धुलो जस्तो देखिने पदार्थ सहित सोही ठाउँ डेरा गरी बस्ने सप्तरी घर भएको ३२ वर्षीय जिवन चौधरीलाई सोमबार साँझ प्रहरी पक्राउ गरेको छ । झोलामा लुकाई ल्याउँदै गरेको उक्त पदार्थ सहित प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, दक्षिणकाली नगरपालीका-५ फर्पिङ बसपार्कबाट प्रतिबन्धित लागूऔषध १ सय ९२ एम्पुल डाइजेपाम, १ सय ९९ एम्पुल नूफिन र १ सय ९९ एम्पुल फेनारगन सहित बारा कलैया नगरपालिका-९ रामपुर बस्ने २४ वर्षीय ईन्ताज अन्सारीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कलैयाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ५९५८ नम्बरको टाटा सुमोलाई प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार उनको झोलाबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।  बागलुङ, बागलुङ नगरपालिका-३ चिप्लेटी बसपार्कबाट नियन्त्रित लागूऔषध ९ सय १७ एम्पुल नुरफिन, ९ सय ५ एम्पुल फनारगन र ९ सय २४ एम्पुल डाइजेपाम सहित रुपन्देही खैरेनी नगरपालिका-६ बस्ने ४५ वर्षीय कृष्ण प्रसाद पुरी सहित ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बुटवलदेखि बागलुङतर्फ जाँदै गरेको लु.२ ख ५३१६ नम्बरको बसमा सवार उनीहरूलाई जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।