प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७९-०२-१२

  • A
  • A-
  • A+
Share


काठमाडौं,  जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी सुनसरी इटहरी उपमहानगरपालिका-५ स्थित ब्लुमिङ लोटस् इङ्लिस स्कूलका प्रिन्सीपल सिन्धुली कमलामाई नगरपालिका-७ बस्ने ठेगाना भएका ३६ वर्षीय राज खड्का भन्ने राजकुमार खड्कालाई बिहीबार  प्रहरीले पक्राउ गरेको छ । 

खड्काले आफ्नै स्कूलमा पढने बिरामी भएकी १५ वर्षीया छात्रालाई घुमाउने र आौषधि उपचार समेत गरी दिने भनी २०७४ साउन २६ गते सुनसरी धरान उपमहानगरपालिका-१० स्थित गेष्ट हाउसमा पु-याई स्कूल रेष्टिकेट गरिदिने भनी धम्क्याई जबरजस्ती करणी गरेपछि उक्त स्कूल छाडी अर्कै स्कूलमा पढिरहेकी ती छात्रालाई विवाह गर्छु भनी फकाउने र समाजमा वेइज्जत गरीदिने धम्की दिदै पटक-पटक मानसिक तनाव दिँदै जबरजस्ती करणी गरेको भन्ने जाहेरी दरखास्त २०७५ भदौ २ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा प्राप्त भएपछि उनी फरार रहेका थिए । 

काठमाडौं टोखा नगरपालिकास्थित वानियाटरमा डेरामा लुकिछिपि बसेका खड्कालाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं त्रिपुरेश्वरबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सुनसरीमा पठाएको छ । 

उनलाई फैसला कार्यान्वयनका लागि सुनसरी जिल्ला अदालतमा उपस्थित गराइने छ । 

सम्बन्धित समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८१-०१-०७

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोलखा कालिञ्चोक गाउँपालिका-७ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने ३१ वर्षीय अरुण सिवाकोटी र धनकुटा महालक्ष्मी नगरपालिका-६ घर भई काठमाडौं टोखा नगरपालिका-३ बस्ने ४१ वर्षीय जगनाथ नेपाल रहेका छन् ।   पक्राउमध्ये अरूणले पोल्याण्ड पठाईदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख ५० हजार रूपैयाँ ठगी गरेको र जगनाथले दुबई पठाईदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अरूणलाई काठमाडौं पेप्सीकोला र जगनाथलाई  काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।