ज्यान सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०२-१३
- A
- A-
- A+
काठमाडौं, ज्यान सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुर चाँगुनारायण नगरपालिका-८ सुडाल बस्ने ३८ वर्षीय कैलाश कार्कीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
२०६६ असोज ३० गते गोरखा साविक बोर्लाङ्ग गाविस-७ हटियामा डिल बहादुर दराईको हत्या गरी फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले भक्तपुर चाँगुनारायण नगरपालिका-८ सुडालबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक कानूनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय गोरखा पठाइएको छ ।