पटाका सहित १ जना पक्राउ
२०७८-०६-१६
- A
- A-
- A+
सुनसरी, २०७८ असोज १६ गते
ईटहरी उपमहानगरपालिका-४ स्थित सडकबाट ७६ बण्डल नागेन लेखिएको पटाका सहित सोही नगरपालिका-६ बस्ने २७ वर्षीय राजु साहलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले को.३५ प ८७६८ नम्बरको मोटरसाइकल जाँच गर्दा मोटरसाइकल चालक साहलाई उक्त पटाका सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।