प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्रोत नखुलेको नगद सहित पक्राउ

२०७९-०२-२३

  • A
  • A-
  • A+
Share

सर्लाही,ब्रह्मपुरी गाउँपालिका-४ स्थित सडकबाट स्रोत नखुलेको नगद ७ लाख ५० हजार रूपैयाँ सहित भारत सितामढी ग्राम सोनबर्सा-२ बस्ने ४० वर्षीय विश्वनाथ महतोलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

भारतको सोनबर्साबाट नेपालतर्फ आउँदै गरेको बिआर ३० ई ३९१४ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी त्रिभुवननगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा लुकाई ल्याएको उक्त नगद फेला पारी चालक महतोलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८१-०१-०७

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोलखा कालिञ्चोक गाउँपालिका-७ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने ३१ वर्षीय अरुण सिवाकोटी र धनकुटा महालक्ष्मी नगरपालिका-६ घर भई काठमाडौं टोखा नगरपालिका-३ बस्ने ४१ वर्षीय जगनाथ नेपाल रहेका छन् ।   पक्राउमध्ये अरूणले पोल्याण्ड पठाईदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख ५० हजार रूपैयाँ ठगी गरेको र जगनाथले दुबई पठाईदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अरूणलाई काठमाडौं पेप्सीकोला र जगनाथलाई  काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।