प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७९-०२-२३

  • A
  • A-
  • A+
Share

ललितपुर, ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा माहालक्ष्मी नगरपालिका-४ ईमाडोल अफलटोल बस्ने भारत घर भएका २५ वर्षीय संदिप कुमार शर्मालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । शर्माले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

बाँके,  १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको घटनामा संलग्न रहेको अभियोगमा ७ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बैजनाथ गाउँपालिका-८ बस्ने २४ वर्षीय बिक्रम भन्ने बिक्रान्त थारू, २५ वर्षीय निराजन थारू, २३ वर्षीय राजकुमार थारु, २० वर्षीय बिश्वनाथ थारू, १७ वर्षीय २ किशोर र १६ वर्षीय किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले खजुरा गाउँपालिका-५ चाईना इँट्टाभट्टा नजिक शंकास्पद रूपमा भे.३ प ३५२७ नम्बरको मोटरसाइकलमा ती किशोरीलाई २ जना पुरूषले मोटरसाइकलको बिचमा राखी हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको थियो । सोधपुछ तथा अनुसन्धानको क्रममा बैजनाथ गाउँपालिका-८ बस्ने १७ वर्षीय किशोरले फेसबुक मार्फत सोही ठाउँस्थित मानखोलाको छेउमा रहेको बंगुरको खोरमा बोलाई राजकुमार थारु लगायत ५ जनाले जबरजस्ती करणी गरेको र २ जनाले जबरजस्ती करणी पश्चात ती किशोरीलाई घरतर्फ छोड्न जान लागेको भन्ने खुल्न आएपछि घटनामा संलग्न ७ जनालाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८१-०१-०८

बर्दिया, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-८ भगतपुर बस्ने २३ वर्षीय सन्तोष न्यौपानेलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सन्तोषले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  दैलेख, २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गुराँस गाउँपालिका-४ मुङग्रा बस्ने २१ वर्षीय धन बहादुर खड्कालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । खड्काले ती महिलालाई डुङ्गेश्वर गाउँपालिका-६ लटालीस्थित बाटो मुनी लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट घोडाबासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।