प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७९-०२-३१

  • A
  • A-
  • A+
Share

काठमाडौं, २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौ महानगरपालिका बस्ने २४ वर्षीय रितेश तामाङ, काठमाडौं महानगरपालिका-६ बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-२ घर भएका २२ वर्षीय रिन्जेन शेर्पा, सोही महानगरपालिका-६ बौद्ध बस्ने सर्लाही बागमती नगरपालिका-४ घर भएका ३४ वर्षीय उत्तम लामा, बौद्ध बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-४ घर भएका लुङ्ता गेस्ट हाउसका संचालक ३४ वर्षीय आङनिमा भन्ने झ्याम्पा ढिल्ले शेर्पा रहेका छन् । काठमाडौं महानगरपालिका-६ बौद्धस्थित लुङता गेस्ट हाउसमा ती महिलालाई आइतबार ३ जना पुरुषले जबरजस्ती करणी गरी फरार भएको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई बौद्धस्थित विभिन्न ठाउँबाट पक्राउ गरेको हो । उनीहरु उपर जबरजस्ती करणी सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ ।

मुस्ताङ, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ चैले  बस्ने २९ वर्षीय राजन बिकलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई सोही गाउँपालिका-३ समरस्थित सामुदायिक भवनको शौचालयमा लगि राजनले शनिबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले घरपझोङ गाउँपालिका-४ जोमसोमबाट उनलाई पक्राउ गरेको हो । 

ओखलढुङ्गा, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिद्धिचरण नगरपालिका-३ बस्ने ३२ वर्षीय केवल भुजेल, ३१ वर्षीय डम्बर भुजेल र सोही नगरपालिका-२ बस्ने ४० वर्षीय पुर्ण प्रसाद फुयाल रहेका छन् । उनीहरु समेतले ती बालिकालाई ललाई फकाई बिभिन्न प्रलोभनमा पारी डर धाक धम्की देखाई गत बैशाख २७ गते दिउँसो सोही नगरपालिका-११ मा जबरजस्ती करणी गरेको र यसअघि पनि  बिभिन्न स्थान र मितिमा समेत जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । हाल फरार अर्का अभियुक्त सोही ठाउँ बस्ने ७६ वर्षीय फणिन्द्र प्रसाद दहालको प्रहरीले खोजी गरिरहेको छ ।  

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ
२०८०-०६-१२

बर्दिया, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बढैयाताल गाउँपालिका-९ श्रीलंका टोल बस्ने   गेरूवा गाउँपालिका-५ गोला घर भएका ५२ वर्षीय कृष्ण कुमार दमाईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । दमाईले ती बालिकालाई विभिन्न समयमा पटक-पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी सितलाबजारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।   मोरङ, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा विराटनगर महानगरपालिका-३ जहदा बस्ने २० वर्षीय दिपेन्द्र कुमार मण्डल समेत २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । मण्डल लगायत ६ जनाले ती किशोरीलाई जहदा जयरामपुर धान खेतमा बोलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मझारेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । घटनामा संलग्न हाल फरार अन्य व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८०-०६-०३

डडेल्धुरा, २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भागेश्वर गाउँपालिका-३ ओड गाउँ बस्ने २३ वर्षीय कमल ओड, २२ वर्षीय तपेन्द्र ओड, २८ वर्षीय दिपक ओड र एकजना १८ वर्षीय किशोर रहेका छन् । कमल र २ जना १८ वर्षीय किशोरले ती महिलालाई गत वैशाख ५ गते दिउँसो सोही ठाउँस्थित नानिगाड खोलामा तथा तपेन्द्र र दिपकले गत वैशाख १२ गते साँझ सोही गाउँपालिका डेकास्थित बाझो घरको गोठमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी लामिकाण्डेबाट खटिएको प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।घटनामा संलग्न हाल फरार सोही ठाउँ बस्ने १८ वर्षीय किशोरको प्रहरीले खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।