जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०७९-०३-१३
- A
- A-
- A+
उदयपुर, १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका-६ जलजले बस्ने २० वर्षीय राजकुमार रम्तेललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई गत जेठ २७ गते राति रम्तेल र सोही ठाउँ बस्ने २२ वर्षीय देवराज खत्रीले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यायल कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । हाल फरार देवराजको प्रहरीले खोजी गरिरहेको छ ।
सप्तरी, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा खडक नगरपालिकाक-७ बस्ने ३० वर्षीय देव कुमार रामलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई शनिबार दिउँसो सोही नगरपालिका-१० बेलहास्थित आँपको बगैँचामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।