प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७९-०३-१३

  • A
  • A-
  • A+
Share

उदयपुर, १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका-६ जलजले बस्ने २० वर्षीय राजकुमार रम्तेललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई गत जेठ २७ गते राति रम्तेल र सोही ठाउँ बस्ने २२ वर्षीय देवराज खत्रीले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यायल कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । हाल फरार देवराजको प्रहरीले खोजी गरिरहेको छ । 

सप्तरी, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा खडक नगरपालिकाक-७ बस्ने ३० वर्षीय देव कुमार रामलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई शनिबार दिउँसो सोही नगरपालिका-१० बेलहास्थित आँपको बगैँचामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार