प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७९-०३-१४

  • A
  • A-
  • A+
Share

 भक्तपुर, २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सूर्यविनायक नगरपालिका-२ बालकोट बस्ने २५ वर्षीय मनिष खत्रीलाई मंगलबार बिहान पक्राउ प्रहरीले गरेको छ । सूर्यविनायक नगरपालिका-९ बासघारीस्थित रुहोसा रिसोर्टमा ती महिलालाई  मनिषले जबरजस्ती गरेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

पर्सा,  १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पटेर्वासुगौली गाउँपालिका-१ गदियानी टोल बस्ने ५० वर्षीय जाजुल राउत गद्दिलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई गद्दिले जबरजस्ती करणी गरेको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली र प्रहरी चौकी रंगपुरटाँडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०१-३०

काठमाडौं, ३१ वैशाखगुल्मी, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाग्लुङ बडिगाड गाउँपालिका-९ खहरे बस्ने १९ वर्षीय हिरा कामीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । हिराले ती बालिकालाई रेसुङ्गा नगरपालिका-२ बाख्रेछेडामा शनिबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । तनहुँ, १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका-१ अल्छिबिसौना बस्ने ७२ वर्षीय केशवराज पौडेललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । केशवराजले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।