बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०३-१४
- A
- A-
- A+
काठमाडौ, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी रामेछाप सुनापाती गाउँपालिका-४ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ जोरपाटी बस्ने बिनोद लामा भन्ने ४३ वर्षीय बिनोद घिसिङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७८ पुस २७ गतेको फैसलाले बैंकिङ कसूरका ३ थान मुद्दामा २१ दिन कैद र १ करोड २ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं जोरपाटीबाट पक्राउ गरेको हो ।
बिनोदले मेघा बैंक लिमिटेड बौद्ध शाखाको आफ्नो खातामा पर्याप्त रकम नभएको भनी जानी-जानी पीडितलाई झुक्यानमा पारी चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।