प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७९-०३-२३

  • A
  • A-
  • A+
Share

सल्यान, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जाजरकोट भेरी नगरपालिका-१२ बलगाड बस्ने २३ वर्षीय रमेश भण्डारी र २१ वर्षीय डिल्ली बस्नेत रहेका छन् । 

उनीहरुले ती बालिकालाई आफ्नै ठुलीआमाको घरमा सुतिरहेको अवस्थामा घरमै आई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय राँगेचौरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार