प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७९-०४-२५

  • A
  • A-
  • A+
Share

झापा, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्लेजुङ फुङलिङ नगरपालिका-९ बस्ने २० वर्षीय दिपेश बिकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

झापा अर्जुनधारा नगरपालिका-११ नयाँ बसपार्कस्थित ताप्लेजुङ-पाँचथर होटल एण्ड लजमा साउन १८ गते राति दिपेशले ती बालिकालाई जबरजस्ती करणी गरी विवाह गर्छु भनी आफ्नै घरमा लगेर राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङसँगको समन्वयमा दिपेशलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८१-०१-०८

बर्दिया, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-८ भगतपुर बस्ने २३ वर्षीय सन्तोष न्यौपानेलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सन्तोषले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  दैलेख, २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गुराँस गाउँपालिका-४ मुङग्रा बस्ने २१ वर्षीय धन बहादुर खड्कालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । खड्काले ती महिलालाई डुङ्गेश्वर गाउँपालिका-६ लटालीस्थित बाटो मुनी लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट घोडाबासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८१-०१-०२

उदयपुर, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका-९ बस्ने ३८ वर्षीय सन्तोष कुमार माझीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । माझीले ती किशोरीलाई गत बुधबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कञ्चनपुर, २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलौरी नगरपालिका-८ कलकत्ता बस्ने ४८ वर्षीय भजन रानालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । रानाले ती महिलालाई बुधबार दिउँसो आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।