राजस्व छली ल्याउँदै गरेको विभिन्न सामान सहित दुई जना पक्राउ
२०७९-०४-३१
- A
- A-
- A+
ओखलढुंगा, मानेभन्ज्याङ गाउँपालिका-७ हर्कपुरमा राजस्व छली गरी ल्याउँदै गरेको करिब १५ लाख रुपैयाँ बराबरको विभिन्न किसिमका कपडाहरु सहित काभ्रे पनौती नगरपालिका-२ बस्ने २७ वर्षीय अनुप दाहाल समेत २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंबाट सोलुखुम्बुतर्फ जाँदै गरेको प्रदेश ३-०१-०२४ च ४५९६ नम्बरको टाटा सुमोलाई प्रहरी चौकी हर्कपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बिल नभएको अवैध रुपमा राजश्व छली ल्याउँदै गरेको अवस्थामा उक्त सामानहरु फेला पारी सुमो चालक दाहाल सहित २ जनालाई पक्राउ गरेको हो ।
उनीहरुलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाइएको छ ।