भरुवा बन्दुक सहित पक्राउ
२०७९-०४-३१
- A
- A-
- A+
नुवाकोट, बेलकोटगढी नगरपालिका-४ पन्चासेबाट १ नाल भरुवा बन्दुक सहित सोही ठाउँ बस्ने ४० वर्षीय सन्त बहादुर गुरुङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी झिल्टुङबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक लोड गरी बोकेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।