कर्तव्य ज्यान घटनामा संलग्न रही फरार व्यक्ति पक्राउ
२०७९-०४-३१
- A
- A-
- A+
काठमाडौं, कर्तव्य ज्यान घटनामा संलग्न रही फरार रहेका दोलखा बैतेश्वर गाउँपालिका-२ टार ठेगाना भएका ३६ वर्षीय राम कुमार मगर घटनाको १६ वर्षपछि पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने २३ वर्षीय मनोज खड्काको कोटेश्वरस्थित सडकमा २०६३ साउन २ गते राति कुटपिट एवं धारिलो हतियार प्रहार गरी हत्या गरेको घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न रही फरार रहेका मगर वैदेशिक रोजगारीको लागि कतारमा रहेको खुल्न आएपछि नेपाल प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखालाई रेड कर्नर नोटिस जारी गर्न २०७८ चैत २४ गते लेखापढी भएकोमा सोही शाखाको समन्वयमा कतारबाट नेपाल ल्याई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा बुझाइएको हो ।
उनलाई आवश्यक कानुनी कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।