प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ

२०७९-०५-०१

  • A
  • A-
  • A+
Share

काठमाडौं, रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित प्रेसटिज एचआर म्यानपावर प्रालिका संचालक काठमाडौं बानेश्वर बस्ने रूपन्देही सैनामैना नगरपालिका-९ घर भएका ३९ वर्षीय छविलाल भट्टराईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

भट्टराईले कही व्यक्तिहरूलाई वैदेशिक रोजगारीको लागि रोमानियाको प्रतिष्ठित कम्पनीमा आकर्षक जागिर लगाईदिने प्रलोभनमा पारी रकम लिई गरी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं मिनभवनबाट पक्राउ गरेको हो । 

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।                    

 

सम्बन्धित समाचार
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट बडा दसैं मौलो पूजा सम्पन्न
२०७९-०६-१८

काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बडा दसैंका अवसरमा मंगलबार प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गर्नुभयो । नेपाल प्रहरीले परम्परागत रूपमा गर्दै आएको उक्त पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक सिंहले बली पूजा गर्नुको साथै निसानमा पञ्जा छापसमेत लगाउनुभयो । साथै प्रहरी महानिरीक्षक सिंहले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी नायव निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी सहायक हवल्दार राम कुमार कार्कीलाई नगद पुरस्कार प्रदान गर्नुभयो ।   सो अवसरमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृतहरूले मौलो परिक्रमा गर्नुभएको थियो । पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो । उक्त अवसरमा पुजारीबाट टीका तथा प्रसाद ग्रहण समेत गरिएको थियो । नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो । जसमा दुई वटा निशान रहेका हुन्छन् । मूख्य निशानमा सूर्य र चन्द्रको बिचमा राम धनुष चिन्ह अंकित भएको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र चिन्ह अंकित हुन्छ । नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षाका साथै अमन चयन कायम राख्‍ने जस्तो संवेदनशील एवं महत्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपिठ र ईष्‍ट देवताको प्रतीकका रुपमा निशान झण्डालाई लिईन्छ । संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्‍त होस् भनि निशान झण्डालाई पूजा गर्ने परम्परा रही आएको छ । नेपाल प्रहरीले बिक्रम सम्बत २०११ सालमा निशान झण्डा प्राप्‍त गरेपश्चात हरेक वर्ष बडा दसैं र चैते दसैंमा निरन्तररूपमा मौलो पूजा गर्दै आएको छ । साथै देशभरका विभिन्न प्रहरी कार्यालयहरूमा रहेका मौलोमा मौलो पूजा गर्ने परम्परा रही आएअनुरूप आजै सम्पूर्ण प्रहरी इकाईहरूमासमेत विधिवत रूपमा मौलो पूजा सम्पन्न गरिएको छ । 

अवैध लागूऔषध सहित पक्राउ
२०७९-०६-१७

सिन्धुली, कमलामाई नगरपालिका-६ शान्तिनगर चोकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट २ सय ८५ ट्याब्लेट, नाईट्राजेपाम १ सय ५० ट्याब्लेट, नाईट्रोसन १० ट्याब्लेट र केएलएबी लेखिएको १ बोतल झोल पदार्थसहित महोत्तरी बर्दिबास नगरपालिका-२ बस्ने ३० वर्षीय अजय कुमार झालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बर्दिबासबाट सिन्धुलीतर्फ आउँदै गरेको ना.६ ख १५५५ नम्बरको बसलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । साथै बसका चालकलाईसमेत आवश्यक अनुसन्धानकालागि प्रहरीले नियन्त्रणमा लिएको छ ।धनुषा, बिदेह नगरपालिका-१ ठाडीबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ७५ ट्याब्लेटसहित हंसपुर नगरपालिका-७ बस्ने २३ वर्षीय सुरेश कुमार यादवलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ठाडीझिझाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । कञ्चनपुर, पुनर्वास नगरपालिका-११ डोकेबजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम १४ मिलिग्राम सहित सोही ठाउँ बस्ने १३ वर्षीय किशोरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।