चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ
२०७९-०५-०६
- A
- A-
- A+
काठमाडौं, भोजपुर जिल्ला घर भई गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेल बस्ने ८० वर्षीय वृद्धको आधा तोलाको सुनको औंठी चोरी गरेको अभियोगमा अत्तरखेलमा खाजा घर सञ्चालन गर्दै आएकी ५५ वर्षीया निमा लिम्बुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
निमाले ती वृद्धलाई खाजा घरमा नाम नखुलेको लठ्याउने औषधी खुवाई बेहोस बनाई उनको सुनको औठी चोरी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी बिट माकलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । ती वृद्धको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।