जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०७९-०५-०६
- A
- A-
- A+
काठमाडौं, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भारतीय नागरिक ३१ वर्षीय ओमबाबु गुप्ता र २२ वर्षीय चन्दन गुप्तालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले ललाई फकाई एंव डरत्रास देखाई ती बालिकालाई जबरजस्ती करणी गरेको खुल्न आएपछि प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।