जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०७९-०५-०७
- A
- A-
- A+
कैलाली, ११ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा टीकापुर नगरपालिका-७ वेलुवा बस्ने १८ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
किशोरले ती बालिकालाई आइतबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।