जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०५-०७
- A
- A-
- A+
सुनसरी,जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी बराहक्षेत्र नगरपालिका-५ का सुरज विश्वकर्मालाई सोही नगरपालिका-५ भरौलबाट घटनाको १८ वर्षपछि आइतबार प्रहरीले पक्राउ गरेको छ ।
१४ वर्षिया किशोरीलाई आफ्नै घरमा ४/५ जनाको समूहमा आएका सुरज समेतका व्यक्तिहरूले ती किशीरीलाई सामूहिक रूपमा जबरजस्ती करणी गरी फरार भएको घटनामा सर्वोच्च अदालतबाट ९ वर्ष ५ महिना १९ दिन कैद ठहर भई फरार रहेका उनलाई लुकिछिपी बसेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
उनलाई कैद भुक्तानको लागि झुम्का कारागार पठाइएको छ ।