धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ
२०७९-०५-०८
- A
- A-
- A+
वाग्लुङ, ढोरपाटन नगरपालिका-६ भण्डारी गाउँ बस्ने ५७ वर्षीय उदिपमान भण्डारीको धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४७ वर्षीय जिबलाल भण्डारीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
घरायसी विषयमा भएको विवादमा मंगलबार राति जिबलालले धारिलो हतियार प्रहार गर्दा उदिपमानको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुर्तिबाङ र प्रहरी चौकी ढोरपाटनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।