बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०७९-०५-०८
- A
- A-
- A+
काठमाडौं, बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा रूकुम (पूर्व) सिस्ने गाउँपालिका-५ घर भई काठमाडौं महानगरपालिका-१३ बाफल बस्ने ३१ वर्षीय अर्जुन बुढाथोकी र मकवानपुर मकवानपुरगढी गाउँपालिका-६ घर भई काठमाडौं महानगरपालिका-१० नयाँ बानेश्वर बुद्धनगर बस्ने २८ वर्षीय सन्तोष सापकोटा रहेका छन् । प्रहरीले अर्जुनलाई काठमाडौं सुकेधाराबाट मंगलबार र सन्तोषलाई काठमाडौं महानगरपालिका-१० नयाँबानेश्वर बुद्धनगरबाट बुधबार दिउँसो पक्राउ गरेको हो ।
उच्च अदालत पाटन ललितपुरको विभिन्न मितिको फैसलाले उक्त मुद्दामा अर्जुन उपर २४ दिन कैद सजाय र १ करोड १९ लाख ४ हजार रूपैयाँ जरिवाना र सोही अदालतको २०७९ जेठ २४ गतेको फैसलाले सन्तोष उपर ५ दिन कैद सजाय, २ लाख ५९ हजार रूपैयाँ जरिवाना र १० हजार ३ सय ६० रूपैयाँ क्षतिपूर्ती शुल्क भराउने सजाय ठहर भएको थियो ।
अर्जुनलाई जिल्ला अदालत काठमाडौंमा र सन्तोषलाई जिल्ला अदालत ललितपुर लगनखेलमा फैसला कार्यान्वयनको लागि उपस्थित गराईएको छ ।