आफ्नै श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ
२०७९-०५-११
- A
- A-
- A+
झापा, आफ्नै श्रीमती ३५ वर्षीया तालामाई हस्दाको धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा झापा गाउँपालिका-६ चन्द्रबस्ती बस्ने ४० वर्षीय नाइके हस्दा (सत्तार)लाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
मादक पदार्थ सेवन गरेका नाइकेले शुक्रबार राति धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले कचनकवल गाउँपालिका-१ बाट उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।