प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध रूपमा भन्सार छली ल्याएको सुन जस्तो देखिने अर्धठोस बस्तु सहित पक्राउ

२०७९-०५-१३

  • A
  • A-
  • A+
Share

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध रूपमा भन्सार छली ल्याएको सुन जस्तो देखिने अर्धठोस बस्तु करिब ५ सय ५० ग्राम सहित सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-७ घर भई काठमाडौं महानगरपालिका-६ कपन बस्ने ४४ वर्षीया पासाङ डोल्मा लामालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

हिमालय एयरको उडानद्वारा दुबईबाट काठमाडौं आएकी उनको गतिविधि शंकास्पद देखिएपछि उक्त गेटमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा भिस्त्री वस्त्रभित्र फल्स बटम बनाई लुकाई ल्याएको उक्त बस्तु फेला पारी पक्राउ गरेको हो । 

उनलाई आवश्यक कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ । 

सम्बन्धित समाचार
अवैध सुन कारोवारमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ
२०८१-०१-१४

काठमाडौं, अवैध सुनको कारोवारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-२४ स्थितबाट ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दार्चुला महाकाली नगरपालिका-३ टाटे बस्ने ४७ वर्षीय गणेश दत्त बडु, २१ वर्षीय आयुष बडु, झापा बिर्तामोड नगरपालिका-३ बस्ने ३० वर्षीय दिनेश खरेल, २२ वर्षीय भरत राज खरेल, भारत महाराष्ट्र सांगली आटपाही थाना बस्ने ३७ वर्षीय अमोल विभुते र सोही ठाउँ बस्ने १८ वर्षीय २ जना किशोर रहेका छन् । अवैध सुनको कारोवार भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई  सुन जस्तो देखिने पहेलो धातु १७६८.२९ ग्राम  र नगद १ करोड ४३ लाख ६० हजार रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई राजस्व छली समेतको कसूरमा आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाइएको छ ।

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८१-०१-१४

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी गाउँपालिका-५ घर भई काठमाडौं चावहिल बस्ने ५२ वर्षीय कुल बहादुर लिम्बु र झापा दमक नगरपालिका-५  घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-६ हात्तीगौँडा बस्ने ३८ वर्षीय विजय भण्डारी रहेका छन् ।   पक्राउमध्ये कुलबहादुरले क्रोएसिया पठाईदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ५५ हजार रूपैयाँ ठगी गरेको र विजयले स्पेन पठाईदिन्छु भन्दै ८ जना पीडितहरूबाट ५६ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले कुलबहादुरलाई काठमाडौं जोरपाटी र विवेकलाई काठमाडौं बबरमहलबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
२०८१-०१-१३

काठमाडौं, वैदेशिक रोजगार कसूर मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी बाँके खजुरा गाउँपालिका-२ सितापुर बस्ने कमल विश्वकर्मा पक्राउ परेका छन् । एनसिबि अबुधावी युएईको समन्वयमा युएईमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको छ । वैदेशिक रोजगार कसूर मुद्दाको अनुसन्धानको सिलसिलामा उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि बैदेशिक रोजगार विभाग अनुसन्धान तथा मुद्दा शाखा ताहाचल काठमाडौंबाट अनुरोध भएपश्‍चात एनसिबि काठमाडौंको अनुरोधमा ईन्टरपोल महासचिवालयबाट सन् २०२४ फेब्रुअरी २ मा रेड नोटिस जारी भएको थियो ।उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि वैदेशिक रोजगार विभागमा बुझाइएको छ । 

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८१-०१-१३

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा सुनसरी ईनरुवा नगरपालिका-३ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका-११ नैकाप बस्ने ३९ वर्षीय सत्यन्द्र श्रेष्ठ र बागलुङ काठेखोला गाउँपालिका-५  घर भई काठमाडौं महानगरपालिका-१६ वनस्थली बस्ने २७ वर्षीय विवेक कँडेल रहेका छन् ।   पक्राउमध्ये सत्यन्द्रले क्यानडा पठाईदिन्छु भन्दै पीडितहरूबाट ३८ लाख २० हजार रूपैयाँ ठगी गरेको र विवेकले माल्टा पठाईदिन्छु भन्दै ३ जना पीडितबाट ३ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले सत्येन्द्रलाई काठमाडौं अनामनगर र विवेकलाई काठमाडौं बागबजारबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा पक्राउ
२०८१-०१-१३

सल्यान, कुमाख गाउँपालिका-६ बस्ने वर्ष २१ को बिकास वलीको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा सोही गाउँपालिका-५ कौचे बस्ने मानसिंह कुमाई लगायत ११ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका-५ कौचेस्थित मंगलबार राति विवाहको भोज खाई फर्कने क्रममा मानसिंह लगायतका व्यक्तिहरूको समुहले बिकास वली समेत ३ जनालाई कुटपिट गर्दा गम्भीर घाइते भएका वलीको मिशन अस्पताल चौरजहारी हुँदै नर्सिङ होम नेपालगंज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । साथै कुटपिटबाट घाइते भएका १ जना मिशन अस्पताल चौरजहारीमा उपचार पश्चात डिस्चार्ज भएका छन् भने १ जनाको नर्सिङ होममा उपचार भइरहेको छ ।