चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ
२०७९-०५-१३
- A
- A-
- A+
सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका-१ गोवागाङ बस्ने ८० वर्षीय कामीढिण्डु लामाको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा उनकै बुहारी २३ वर्षीया रिता तामाङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
घरायसी विवादमा रिताले चिर्पट प्रहार गर्दा गम्भीर घाइते भएका कामीढिण्डुको स्थानीय स्वास्थ्य चौकी खार्चुङमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हेलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।