भन्सार छली चोरी पैठारी गरी ल्याइएका मोबाइल सहित दुई जना पक्राउ
२०७९-०५-१३
- A
- A-
- A+
काठमाडौं, भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएका बिभिन्न कम्पनीका ४५ थान मोबाइल सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा नुवाकोट पञ्चकन्या गाउँपालिका-४ घर भई काठमाडौं गोलढुङ्गा बस्ने २७ वर्षीय प्रकाश थापा र ओखलढुङ्गा लिखु गाउँपालिका-१ घर भई काठमाडौं बोराटार बस्ने २६ वर्षीय सैलेश कार्की रहेका छन् ।
विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१६ बालाजु बाइसधारास्थित प्रकाश थापाको एसयूटी पुट टेक्नोलोजी प्रालीमा तलासी गर्दा उक्त मोबाइलहरू फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक कारबाहीको लागी अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौंमा पठाइएको छ ।