स्रोत नखुलेको रकम सहित पक्राउ
२०७९-०५-२६
- A
- A-
- A+
पर्सा, वीरगञ्ज महानगरपालिका-२ श्रीराम सिनेमा हल पछाडि सडकबाट स्रोत नखुलेको नगद ७ लाख ५३ हजार ३ सय रुपैयाँ सहित पोखरिया नगरपालिका-९ बैरिया विर्ता बस्ने ३५ वर्षीय महम्द रिजवान आलमलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले प्रदेश २-३-०१२ प २०४६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई स्रोत नखुलेको उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
उनीउपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्वको कसूरमा अनुसन्धान भइरहेको छ ।