बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०५-२७
- A
- A-
- A+
काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी धादिङ धुनिवेशी नगरपालिका-१ घर भई काठमाडौं महानगरपालिका-१३ बाफल बस्ने २८ वर्षीय राजिव कँडेललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटन ललितपुरको विभिन्न मितिको फैसलाले ४ दिन कैद र नगद ५ लाख ६० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बाफलबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।