जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०७८-०६-३०
- A
- A-
- A+
उदयपुर, २०७८ असोज ३१ गते ५१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका-१० बस्ने ४३ वर्षीय धन बहादुर मगरलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
धन बहादुरले ती महिलालाई गए राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।