स्रोत नखुलेको रकम सहित पक्राउ
२०७९-०५-२९
- A
- A-
- A+
सप्तरी, राजविराज नगरपालिका-५ कुनौलीबाट स्रोत नखुलेको १ लाख ४४ हजार नेपाली रुपैयाँ र १० हजार भारतीय रुपैयाँ सहित भारत घर भएका ३६ वर्षीय मो.समसुर समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बीआर ०७ एक्यू ५१९९ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई स्रोत नखुलेको उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।