जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०५-२९
- A
- A-
- A+
बाँके, जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी डुडुवा गाउँपालिका-३ बस्ने ३५ वर्षीय मोहमद बसर खाँ भन्ने मैनुदिन खाँलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत बाँकेको २०६८ जेठ १ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ४ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा बुझाइएको छ ।