जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०७९-०५-२९
- A
- A-
- A+
झापा, ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा विर्तामोड नगरपालिका-२ बस्ने २० वर्षीय डम्बर तिम्सिनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
दमकतर्फ जान हिँड्दै गरेकी ती महिलालाई डम्बरले सोही ठाउँस्थित सिसौ घारीमा लगेर सोमबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।