गहना लुटपाटमा संलग्न छ जना पक्राउ
२०७९-०५-२९
- A
- A-
- A+
भक्तपुर, भक्तपुर र काभ्रेका विभिन्न स्थानहरूमा सुनका गहना लगाएका व्यक्तिहरुलाई पिछा गरी एकान्तमा पारी सुनका गहना लुटपाट गरेको घटनामा संलग्न रहेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका-९ ठेगाना भएका २२ वर्षीय बुद्ध तामाङ, उदयपुर त्रियुगा नगरपालिका-७ ठेगाना भएका २३ वर्षीय बिशाल राई, सिन्धुली मरिन गाउँपालिका-५ ठेगाना भएका २० वर्षीय आर्यन माझी, काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका-३ ठेगाना भएका २१ वर्षीय सुदिप भण्डारी, मोरङ शनिश्वरे नगरपालिका-८ ठेगाना भएका ४० वर्षीय चन्द्र बहादुर बिक र भारत महाराष्ट्र सिङ्ली घर भई काठमाडौं महानगरपालिका-७ बस्ने ३५ वर्षीय अमोल भोसले रहेका छन् ।
जिल्ला प्रहरी परिसर भक्तपुर र प्रहरी वृत्त ठिमिबाट खटिएको प्रहरीले लुटिएको सुन र लुटपाटमा प्रयोग गरिएको २ वटा मोटरसाइकल सहित लुटपाटमा संलग्नमध्ये बुद्ध, बिशाल, आर्यन र सुदिपलाई पक्राउ गरेको हो । साथै लुटिएको सुनको स्वरुप परिवर्तन गर्ने चन्द्र बहादुर र लुटिएको सुन किन्ने अमोललाई लुटिएको करिब २ तोला सुन सहित काठमाडौं चाबहिलबाट पक्राउ गरेको हो ।
लुटपाटमा संलग्न अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।