प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७९-०६-०२

  • A
  • A-
  • A+
Share

झापा, १९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-७ स्थित मणी राईको ब्लक फ्याक्ट्रीमा काम गरी बस्ने उदयपुर बेलका नगरपालिका-९ घर भएका ३२ वर्षीय मन्दिप पुरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । 

 ती महिलालाई श्रीमान नभएको मौका पारी महिलाकै कोठामा गई बिहीबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार