प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

२०७८-०७-०१

  • A
  • A-
  • A+
Share

स्याङजा, कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त अर्जुनचौपारी गाउँपालिका-२ बस्ने ५२ वर्षीय पोत बहादुर रोकाहालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

सोही गाउँपालिका-२ बस्ने झलक बहादुर रोकाहालाई  २०५९ पुस १७ गते कर्तव्य गरी मारेको आरोप लागेका र घटनापश्चात फरार भई भारतमा लुकिछिपी बस्दै आएका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले उनकै घर ठेगानाबाट पक्राउ गरेको हो । 

उनी उपर थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित पक्राउ
२०७८-०८-१६

 मकवानपुर, मनहरी गाउँपालिका-७ मनहरी पुल छेउबाट करिब ५ किलोग्राम १ सय ग्राम अवैध लागूऔषध गाँजा सहित कैलाश गाउँपालिका-८ बस्ने २८ वर्षीय शिशिर भन्ने जगत थिङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  सर्लाही, हरिवन नगरपालिका-६ चार्लिक नहरबाट करिब ७ किलोग्राम अवैध लागूऔषध गाँजा सहित बागमती नगरपालिका-२ बस्ने २३ वर्षीय खवाङ तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ना.१० प ६९६७ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय हरिबन र  सशस्त्र प्रहरी सुरक्षा बेस धरहराबाट संयुक्त रुपमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक तामाङलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-१७ छोरेपाटनबाट नियन्त्रित लागूऔषध ९६ एम्पुल डाईजेपाम, ९६ एम्पुल फेनारगन,  ९७ एम्पुल नुर्फिन, नगद २ हजार २ सय ३० रुपैयाँ र ३ थान मोबाइल सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही महानगरपालिका-१५ रामबजार बस्ने स्याङ्जा पुतलीबजार नगरपालिका पवैगौंडे घर भएका २८ वर्षीय जोनी गुरुङ र तनँहु शुक्लागण्डकी नगरपालिका-१६ ढोरबाराही बस्ने २६ वर्षीय पुर्ण बहादुर गुरुङ रहेका छन् । ग.२१ प ५६३३ नम्बरको स्कुटरलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सहकारीका सुरक्षागार्डको हत्या गरी रकम लुटपाट गरेको अभियोगमा २ जना पक्राउ
२०७८-०८-१६

दोलखा गौरीशंकर गाउँपालिका-१ जुगुस्थित हिमचुली बहुउद्देशीय सहकारी संस्थामा कार्यरत सुरक्षागार्ड ६७ वर्षीय पूर्ण बहादुर खड्काको हत्या गरी रकम लुटपाट गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उक्त  गाउँपालिका-१ जुगु बस्ने २७ वर्षीय विक्रम कार्की र सोही ठाउँ बस्ने २० वर्षीय सुमन कार्की रहेका छन् ।  पूर्ण बहादुरलाई गत कार्तिक १० गते अज्ञात समूहले नियन्त्रणमा लिई उक्त सहकारीबाट नगद १ लाख ८५ हजार ७ सय ८० रुपैयाँ लुटपाट गरी फरार रहेकोमा गौरीशंकर गाउँपालिका-१ जुगुस्थित जंगलमा हातखुट्टा  डोरीले तथा मुख खादाले बाँधिएको र निधारमा घाउचोट लागेको अवस्थामा कात्तिक १२ गते उनको शव फेला परेको थियो । उक्त घटनाको अनुसन्धानको लागि प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले विक्रमलाई काठमाडौं महानगरपालिका-३२ तिनकुने र सुमनलाई काठमाडौं महानगरपालिका-६ चुच्चेपाटीबाट पक्राउ गरेको हो । साथै घटनास्थलबाट लुटिएको मृतकको १ थान मोबाइल र सहकारीबाट लुटिएको रकममध्ये १ लाख ३८ हजार २ सय ६५ रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ । उनीहरूलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय दोलखा पठाईएको उक्त ब्यूरोले जनाएको छ । 

यूरेनियम जस्तो देखिने टल्किने पदार्थ सहित ३ जना पक्राउ
२०७८-०८-१६

काठमाडौं महानगरपालिका-१६ बालाजु बसन्तनगरस्थित गेष्ट हाउसबाट १ किलो २ सय ग्राम यूरेनियम जस्तो देखिने टल्किने पदार्थ सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं मनमैजु बस्ने नुवाकोट बिदुर नगरपालिका-६ घर भएका ३१ वर्षीय प्रदिप घिमिरे,  काठमाडौं मनमैजु बस्ने नुवाकोट बिदुर नगरपालिका-२ घर भएका ३१ वर्षीय राजेन्द्र परियार र काठमाडौं तारकेश्वर नगरपालिका फुटुङ बस्ने ३६ वर्षीय रंजित कार्की रहेका छन् । गेष्ट हाउसमा युरेनियम जस्तो देखिने टल्किने पदार्थको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । उक्त पदार्थ प्रति किलो २ करोडका दरले किनबेच हुन लागेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । उनीहरूलाई बरामद सामान सहित आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त बालाजु पठाइएको उक्त महाशाखाले जनाएको छ । 

अवैध लागूऔषध सहित पक्राउ
२०७८-०८-१५

 बर्दिया, बढैयाताल गाउँपालिका-७ कर्णाली पुलबाट ९ सय ६० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित २ जनालाई मंगलबार साँझ  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ मगर टोल बस्ने २१ वर्षीय बिशाल सिंह ठकुरी र २२ वर्षीय प्रदिप सुनार रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दिया र प्रहरी चौकी कालिकाबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी बर्दिया, मधुबन नगरपालिका-५ गाउँ नम्बर ११ खैरेनी सामुदायिक बनबाट १८ ग्राम ७ सय ८० मिलीग्राम ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित भारत बहराईच तहसिल मिपुरुवा थाना सुजौली फकिरपुर पोस्ट ग्रामपंचायत आमाबर्दिया बस्ने २२ वर्षीय रोहित कुमार गुप्तालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लागूऔषध  नियन्त्रण ब्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । बझाङ, जयपृथ्वी नगरपालिका-३ डुङ्ग्रीबाट करिब २८ केजी अवैध लागूऔषध चरेश सहित सोही ठाउँ बस्ने ३४ वर्षीया कल्पना देवी रोकायालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । रोकायाले आफ्नै घरमा सञ्चालन गरेको किराना पसलमा लागूऔषध  लुकाई राखेको भन्ने विशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी क्षेत्रीय अनुसन्धान व्यूरो र  जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।