प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७८-०७-०२

  • A
  • A-
  • A+
Share

पाल्पा,  १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तानसेन नगरपालिका-११ बस्ने २० वर्षीय प्रेम सुनारलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

सोही नगरपालिका-४ सिलखान टोलमा प्रेमले गत असोज २५ गते ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार