गैंडाको खाग सहित पक्राउ
२०७९-०६-०९
- A
- A-
- A+
काठमाडौं, टोखा नगरपालिका-९ नयाँबसपार्कस्थित न्यू रुकुम गेष्टहाउसबाट गैंडाको खाग १ थान सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोलखा गौरी शंकर गाउँपालिका-४ घर भएका २४ वर्षीय प्रकाश खत्री र रुकुम उत्तर गंगा गाउँपालिका-८ घर भएका ३९ वर्षीय प्रेम कुमारी घर्ती रहेका छन् ।
उक्त गेष्टहाउसमा गैंडाको खाग लुकाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले गेष्टहाउसमा तलासी गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा उक्त गैंडाको खाग सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।