प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हत्या गरेको अभियोगमा पक्राउ

२०७९-०६-१६

  • A
  • A-
  • A+
Share

झापा, आफ्नै आमा ५० वर्षीया चन्द्रकला माझी र काका ५० वर्षीय सन्त बहादुर माझीको हत्या गरेको अभियोगमा कमल गाउँपालिका-२ मिलन चौक सिमलडाँगी बस्ने २० वर्षीय चन्द्र माझीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । 

चन्द्रले खुकुरी प्रहार गर्दा दुबै जनाको घट्नास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै आवश्यक अनुसन्धानको लागि उनकै बुबालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।  

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
२०८०-०८-१८

 धादिङ, आफ्नै श्रीमती २० वर्षीया पवित्रा बयलकोटीको हत्या गरेको अभियोगमा धुनिवेशी नगरपालिका-४ जिबनपुर बस्ने २७ वर्षीय रामचन्द्र बयलकोटीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । रामचन्द्रले सोही नगरपालिका-१ डुम्रेचौरस्थित सडकमा पवित्रालाई धारिलो हतियार प्रहार गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खानीखोला र प्रहरी चौकी जिबनपुरबाट प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो । तत्काल फरार रहेका रामचन्द्रलाई खोजी गर्ने क्रममा धुनिवेशी नगरपालिका-७ खानीखोला बजारमा फेला पारी पक्राउ गरिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।