प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७९-०६-२५

  • A
  • A-
  • A+
Share

भक्तपुर, ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं बौद्ध बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका-१३ घर भएका ३५ वर्षीय राम बहादुर सुनारलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

भक्तपुर सूर्यबिनायक नगरपालिका-२ बालकोटस्थित बालिकाकै कोठमा सुनारले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार