प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७९-०७-०९

  • A
  • A-
  • A+
Share

भक्तपुर, ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दोलखा बैतेश्वर गाउँपालिका-१ घर भई भक्तपुर दुवाकोट बस्ने ३० वर्षीय राम चन्द्र दाहाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चाँगुनारायण नगरपालिका-२ दुवाकोटमा ती बालिकालाई दाहालले मादक पदार्थ सेवन गरी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग दुवाकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

अर्घाखाँची, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भुमिकास्थान नगरपालिका-६ बराहचौर बस्ने ५९ वर्षीय नुम बहादुर पुनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई पुनले सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खिल्जिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार