प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७९-०८-१४

  • A
  • A-
  • A+
Share

ओखलढुङगा, २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पाँचथर मिक्लाजुङ गाउँपालिका-४ बस्ने ४० वर्षीय अरुण कुमार लिम्बु भन्ने अरुण लिम्बु सुब्वालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

अरूणले ती महिलालाई ओखलढुङगा सिद्धिचरण नगरपालिका-११ मा गत कात्तिक ३ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार