प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७९-०८-१५

  • A
  • A-
  • A+
Share

उदयपुर, २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा चौदण्डीगढी नगरपालिका-४ बर्खे डाँडा बस्ने ६१ वर्षीय ज्ञान बहादुर बिसुङ्खेलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

ज्ञान बहादुर र सोही ठाउँ बस्ने ३५ वर्षीय टिकाराम बिसुङ्खेले ती महिलालाई २०७९ भदौमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनीहरूमध्ये ज्ञान बहादुरलाई पक्राउ गरेको हो । 

हाल फरार टिकारामको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार