प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७९-०८-२१

  • A
  • A-
  • A+
Share

तेह्रथुम, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी दुहवी नगरपालिका-९ छाताबेली बस्ने ३० वर्षीय तजमुल ईस्लाम मियालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

तजमुलले ती किशोरीलाई मंसिर १६ गते राति तेह्रथुम लालिगुराँस नगरपालिका-२ बसन्तपुरस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरीले सुनसरी दुहवी नगरपालिका-९ छाताबेलीस्थित गाउँघरमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार