जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०७८-०७-०८
- A
- A-
- A+
उदयपुर,
६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका-८ साईखोला बस्ने सप्तरी सप्तकोशी नगरपालिका-१ फत्तेपुर खोरिया टोल घर भएका २० वर्षीय दिलु रोक्कालाई प्रहरीले पक्राउ गरेको छ ।
रोक्काले ती बालिकालाई शनिबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले आइतबार बिहान उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।